१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुर्घटनामा जीप चालकको मृत्यु



फाइल तस्बिर

२५ पुस ०७८, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिएकाछन् । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलन दुर्घटनामा मृत्यु

देउखुरी तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा२प १८४० नंको मोटरसाइकल घोराही ११ बुकालीडाँडा नजिकै लुअप १२५६ नंको जीप र ना७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्य ुहुनेमा मोटरसाइकल चालक ५३ वर्षीय पदम बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको जनाइएको छ । दुर्घटनामा घाइते टेकबहादुर बस्नेतलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको र मदन बस्नेत सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । जीप चालक र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएकोे छ ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।