१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकामा ६१५ सहित एकैदिन थपिए ११ सय ६७ कोरोना संक्रमित, २ जनाको मृत्यु



२५ पुस ०७८, काठमाडौं । नेपालमा एकैदिन १ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्। सोमबार कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्।
काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।