
२६ पुस ०७८, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय कार्यान्वयन गर्ने भएको छ ।
मन्त्रालयमा बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो । सीसीएमसीसीको आइतबार बसेको बैठकले कोभिडको जोखिम बढेको भन्दै विद्यालय बन्दसहित १३ बुँदे निर्णय कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको थियो।








प्रतिक्रिया