१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकामा १९१६ सहित नेपालमा थप ३५५३ जनामा कोरोना संक्रमण



२९ पुस ०७८, काठमाडौँ । काठमाडौं उपत्यकामा १९१६ सहित नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ८१ को नमूना परीक्षण गरिएको थियो। जहाँ २९ सय ५२ जना पीसीआर माध्यम र ६ सय ३१ जना एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले जनाएको छ।

यस अवधिमा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै आज देशभरबाट २ सय ७१ जनाले कोरोना संक्रमणलाई जितेका छन्। देशभर १४ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका पनि मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा ८३९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५८४२, ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ सक्रिय संक्रमित छन्।

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ५ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।