१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नागरिकताको सिफारिसमै घुस मागेपछि अक्तियारद्वारा मुद्दा दायर




३० पुस ०७८,काठमाडौं । नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ ।
स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी रु एक लाख ३५ हजार घुस लिएको फेला परेको छ । स्याङ्जाको भिरकोट नगरपालिका ९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो ।
वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले आज वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।