१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भेरोसेलको मौज्दात न्यून



६ माघ ०७८, काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोना भाइरसविरुद्धको खोपमध्ये भेरोसेलको मौज्दात कम रहेको भन्दै तत्कालका लागि दोस्रो मात्रा लगाउनै पर्नेहरुलाई मात्रै सो खोप उपलब्ध गराउन निर्देशन दिएको छ।
पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउने समय भएकाहरुलाई प्राथमिकतामा राखेर भेरोसेल खोप दिन विभागले आफ्ना मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको हो।

पहिलो मात्रा खोप लगाउन आउनेहरुलाई अहिले कोभिशिल्ड–एस्ट्राजेनेका खोप दिन तथा भेरोसेलको बुस्टर मात्रालाई भन्दा दोस्रो मात्रा लगाउनै पर्नेहरुलाई प्राथमिकतामा राख्न भनिएको विभागले जनाएको छ।

विभागले केही दिनभित्रै भेरोसेलको थप खोप आउने भएकाले अभाव तात्कालिकमात्रै रहेको दाबी गरेको छ। अहिले अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर मात्रा खोप दिइएको छ। मौज्दात कम हुँदा भेरोसेलको बुस्टर मात्रा लगाउनेहरुले केही दिन पर्खिनु पर्ने देखिएको विभागको भनाइ छ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।