१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेसबुकबाट यौन दुव्यावहार गरेको अभियोगमा विदेश बसेका युवक फर्केपछि विमानस्थलबाटै पक्राउ



१४ माघ ०७८, काठमाडौं । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका ७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
उनले म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्वीर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई सार्वजनिक गरिदिने धम्की दिएको ब्यूरोले जनाएको छ ।
वैदेशिक रोजगारीबाट फर्कने क्रममा आज विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्यूरोले उनलाई पक्राउ गरेको हो । खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।