१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


म्याग्दीको गौ बोमबस्त बगैंचामा जङ्क फुड निषेध




प्रकाश अधिकारी
१४ माघ ०७८, म्याग्दी देविस्थान । हिमाली जिल्ला म्याग्दीको मालिका गाउँपालिका ५, मगरदाङ्ग स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा नव गठित प्रतिभा बाल क्लबले शुक्रबार विद्यालय परिसर सरसफाइ, वृक्षारोपण, गोडमेल तथा बगैंचा निर्माण कार्य सम्पन्न गरेको छ ।
विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गत माघ २ गते गठन भएको क्लबले पहिलो पटक अतिरिक्तm क्रियाकपाल अन्र्तरगत वृह्त सरसरफाइ तथा बगैँचा निमार्ण गरेको क्लबका अध्यक्ष विपासा सिउथानीले जानकारी दिईन् ।
क्लबले जङ्क फुडको प्रयोगले विद्यार्थीहरुको स्वास्थ्यमा नकरात्मक असर पार्ने भन्दै विद्यालयमा जङ्क फुडको प्रयोग निषेध गरको छ । ‘सुरुमा हामी विद्याथी साथीहरुलाई जङ्क फुडको साइड इफेक्ट बारे छलफल ग¥यौँ, बुझेपछि, सबैजनाको सल्लाहमा क्लबले विद्यालयमा जङ्क फुडको प्रयोग निषेध गर्ने नियर्ण गरेको हो ।’ अध्यक्ष सिउथानीले भनिन् । क्लबले गरेको निणर्य विद्यायल प्रसाशन मार्फत विद्यालय व्यावस्थापन समिती छलफलमा छ ।
विद्यालयका प्रधानाध्यपक अमृत बुढाथोकीले विद्यालयमा जङ्क फुडको प्रयोग निषेध गर्ने बाल क्लबको निर्णयको खुलेर प्रसंशा गरे । ‘विद्यार्थीको स्वास्थ्य ख्याल गदैै विद्यालयमा जङ्क फुडको प्रयोग निषेध गरिने छ।’ प्रधानाध्यपक बुढाथोकीले भने,‘विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीषणका साथै जङ्क फुडको प्रयोगलाई निषेध गरी स्थानीय अर्गानिक खाद्य पर्दाथको प्रयोग गरि विद्यार्थीको पोषण तथा स्वास्थ्यमा गुणात्मक सुधार गरिी व्यवहारमा परिवर्तन गरिनेछ ।’
क्लबका सल्लाहकार तथा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक बुद्धि बहादुर रानाले बालबालिकाको सामाजिकिकरण यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि क्लबले संचालन गर्ने हरेक रचनात्मक कार्यमा सकेसम्म सबै विद्यार्थीहरु सहभागी हुन आग्रह गरे । सरसफाइ कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई अर्को कार्यक्रममा पुरस्कृत गरिने रानाले बताए ।
बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी भित्ते पत्रिका प्रकाशन, तथा कोभिड महामारीको तेस्रो लहरलाई मध्यनगर गदै माघ २३ गते वसन्तपञ्चमीको पावन अवसरमा विशेष सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम–२०७८ संचालन गरिने क्लबका सचिव बिनिसा बुढाथोकीले जाकारी दिइन् ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।