१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज र भोलि पहाडमा बर्षा, उच्च पहाडमा हिमपात




१७ माघ ०७८, काठमाडौं । आज सोमबार र भोलि मंगलबार पहाडमा बर्षा र उच्च पहाडमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ ।
बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।