
१७ माघ ०७८, काठमाडौं । नेपालमा पुनः राजसंस्था कायम हुने समय आएको ज्योतिषी दीपक सुवेदीले बताएका छन् । बेलाबेलामा सफल राजनीतिक भविष्यवाणी गर्दै आएका सुवेदीले भविष्यवाणी गर्दै सो कुरा बताएको सार्वजनिक भएको छ ।
ज्यो. सुवेदीका अनुसार राजनीतिक परिवर्तनसँग सम्बन्धित विशेष महत्त्वपूर्ण जस्तै संविधान घोषणा आदिको ग्रह कमजोर परेको र राजसंस्थाका प्रतिनिधिहरूको ग्रह अनुकूल परेको हुनाले राजसंस्था कायम हुने उनको दाबी छ । उनी भन्छन्, ‘राजसंस्था कायम हुने समय चाही आयो तर भाग्यमा छ भन्दैमा चाल्नोमा दुध अडिदैन ।’
समय समयमा विभिन्न खालका राजनीतिक लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय भविष्यवाणी गरी चर्चामा आउने गरेका छन् । जब जब उनले भविष्यवाणी गरेर राजनीतिक उथलपुथलको संकेत गर्छन त्यस्तै त्यस्तै पर्दै गएको पनि देखिन्छ ।
उनले यसै वर्षको वार्षिक भविष्यफल गर्दै यो वर्ष राजनीतिक उलटपुलट हुन्छ भनेर भनेका थिए नभन्दै लगभग दुईतिहाही बहुमतको ओली सरकार ढल्यो । सरकारमात्रै ढलेन कि नेकपा नै तीन कित्तामा विभाजित भयो । जुन कुरा सामान्यतया राजनीतिक अनुमानभन्दा पर हो, तर ज्योतिष विज्ञानको माध्यमबाट त्यस्ता संभावित घटनाक्रमलाई ज्यो. सुवेदीले देख्दै र बताउँदै आएका हुन् ।







प्रतिक्रिया