२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


समयमै स्थानीय गर्न राजधानीका एमाले अध्यक्षहरुको माग



१७ माघ ०७८, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका एमाले अध्यक्षहरुले समयमै स्थानीय निर्वाचनको घोषणा गर्न माग गरेका छन् । तीनै अध्यक्षहरुको राजधानीमा बसेको संयुक्त बैठकपछि सो माग गरेका हुन् ।
सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै काठमाडौंका एमाले अध्यक्ष दिपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र भक्तपुरका अध्यक्ष बचन देउजाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको आवधिक निर्वाचन कुनै पनि व्यक्ति, पार्टी वा समूहको अनुकूलता वा प्रतिकुलता वा बहानाबाजीलाई आधार बनाएर सार्ने कार्य नहोस भन्ने हेतुले सचेत खबरदारी गर्ने निष्कर्षमा समेत हामी पुगेका छौं ।’
अध्यक्षहरुले २४ लाख डोज भ्याक्सिन हिनामिना कार्यमा आफै संलग्न हुनुले वर्तमान सरकार असफल भइसकेको बताएका छन् । उनीहरुले वर्तमान सरकार असफल भइसकेको मात्र नभई अकुत भष्ट्राचारमा संलग्न भई जनताको जिउ ज्यानसँग प्रत्यक्ष खेलवाड गरिरहेको आरोप लगाइएको छ ।
बैठकले नेपालको राष्ट्रियता तथा भौगोलिक अखण्डता माथि छिमेकी मुलुक भारतले बारम्बार हस्तक्षेप गरि कालापानी, लिपुलेक र लिम्पियाधुरामा बाटो निर्माण गरिरहेको,महाकाली नदीमा एक पक्षीय रुपमा तटबन्ध निर्माण गरिरहेको, सुस्तालगायतको क्षेत्रमा सिमा अतिक्रमण हुंदासमेत सरकार मूकदर्शक भइरहेको वर्तमान सरकार देशमा भईरहेको हत्या, हिंसा, अपराधको घटनाहरुलाई हेर्दा सामान्य शान्ति सुरक्षासमेत कायम गर्न असफल भइसकेको दावी गरेको छ ।

 

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।