
१८ माघ ०७८, हेटौंडा । सोनाम ल्होछारको सन्दर्भ पारेर वाग्मती प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हिजो सोमवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट यो विदा पारित भएको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले बुधबारसार्जजनिका विदा दिने निर्णय भएको बताएका छन् ।
तामाङ समुदायले यो बर्ष गोरु वर्ग बिदा भएर बाघ वर्गको स्वागत गदैछन् ।
तामाङ समुदायको बाहुल्य रहेको यस प्रदेशमा वाग्मती प्रदेशमा तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होछार पर्व विशेष महत्वका साथ मनाउछन् । यसैगरी प्रदेश सरकारले चेपाङ समुदायको न्वागी पर्वमा पनि बिदा दिने भएको छ ।







प्रतिक्रिया