१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रचण्डबारे बाबुरामको निर्मम टिप्पणी : भित्र खाओवाद, बाहिर माओवाद !




२४ माघ ०७८, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ माथि कटाक्ष गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले ’भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् ।
कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितको समय माग गरेको खुलेको थियो ।
नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
’भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुककदैन तबसम्म देश बन्दैबन्दैन। ःऋऋजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!,’ भट्टराईले लेखेका छ्न् ।

 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।