१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



nlntk’/sf] rfkfufFpaf6 cfOtaf/ ;fFem b]lvPsf] rDs]sf] ljh’nL . dg;’g l;hg ;’? x’g} nfUbf cfhsn kfgL kg]{ qmd a9]sf] 5 . czf]s b’nfn

७ फागुन ०७८, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली हुनाका साथै मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले उक्त मौसमी प्रणालीको आंशिक प्रभाव रहे पनि आगामी तीन दिनसम्म बदली र वर्षा गराउने महाशाखाले प्रक्षेपण गरेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का हिमपातको सम्भावना छ ।
आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव पाँच र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।