१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विरामी चितुवा भेटिएपछि उद्धार, उपचार गरिने




८ फागन ०७८, बागलुङ । बागलुङ नगरपालिका ३ पाखाथरमा शनिबार बिहान बिरामी अवस्थामा भेटिएको एक चितुवालाई डिभिजन वन कार्यालयले उद्धार गरेको छ ।
अन्दाजी डेढ वर्षको उक्त चितुवालाई कार्यालयमा रहेको खोरमा राखी रेखदेख र परीक्षण थालिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिए । “चितुवाको अवस्था गम्भीर नै छ, विष खाएर बेहोस भएजस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “भोलिसम्म राखेर हेर्छौं, नत्र थप उपचारका लागि बाहिर पठाउनुपर्ने हुन्छ ।”
बिरामी भएर बाटामा लडेका अवस्थामा देखेपछि स्थानीयवासीले कार्यालयलाई खबर गरेका थिए । कार्यालयका कर्मचारी र प्रहरीले त्यसको उद्धार गरेका थिए । उपचारबाट निको भएमा चितुवालाई जङ्गलमा लगेर छाडिने कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।