२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाबहिलमा सिरक–डसना बनाउने ठाउँमा भीषण आगलागी



फाइल तस्बिर

२५ फागुन ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका–६ चाबहिलमा रहेको सिरक डसना बनाउने ठाउँमा मंगलबार भीषण आगलागी भएको छ।
सरस्वतीनगरमा रहेको सिरक डसना बनाउने ठाउँमा मंगलबार राति ८ बजे आगलागी भएको हो।
टहराबाट सल्केको आगोले वरिपरिका केही घरमा पनि क्षति पुर्‍याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

चार वटा दमकलले आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगो निभाउनका लागि महानगरीय प्रहरी वृत्त गौशाला, बौद्ध, महाराजगञ्ज, महानगरीय प्रहरी परिसर काठमाडौं, नेपाली सेना कालीदल गणको टोली खटिएको थियो।

काठमाडौं, भक्तपुर र ललितपुरबाट आएका चार वटा दमकलको सहायतामा राति ९ बजे आगो नियन्त्रणमा आएको थियो।

आगलागीबाट ३४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।