१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बज्रवाराहीमा प्रधानमन्त्री : गोदावरी नगरपालिकाको भवन उद्घाटन




२७ फागुन ०७८, चापागाँउ । प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार ललितपुरको बज्रवाराही पुगेर गोदावरी नगरपालिकाको भवन उद्घाटन गरेका छन् ।
छैटौं स्थापना दिवसको सन्दर्भ पारेर नगरपालिकाकोल नव निर्मित भवनको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रधानान्त्रीले स्थानीय विकासका गोदावरीले फट्को मारेको र आगामी दिनमा विकाशको गति अझ बढरे विश्वास व्यक्त गरे ।
ललितपुर १ का संघीय सासंद नवराज सिलवालले गोदावरीका २० वटा योजना केन्द्रले काटेकोमा दुःख व्यक्र गर्दै पुन सुचाए गर्न ध्यानाकर्षण गरे ।
ललितपुर ३ की संघीय सासंद पम्फा भुसालले ललितपुरका जनप्रतिनिधिहरुको समन्वयमा विकाशका काम अघि बढाउने बताइन् ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरीमा आफूले जतिसुकै काम गरे पनि बाटोका धुलो र धुवा देखाएर स्थानीयले आलोचना गरेको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘गोदावरी र चापागाँउ सडक विस्तारका लागि सरकारले मुआव्जा व्यवस्था गरोस् ।’
गोदावरी नगरपालिकाको प्रशासनिक भवन २०७५ सालको आश्विन २५ गते नगरपालिकाका संघीय सासंद नवराज सिलवाल, प्रदेश सासंद चेतनाथ सञ्जेल र सुशीला पुन र मेयर जगेन्द्र महर्जनले शिलान्याश गरेका थिए । २ वर्षभित्र निर्माण पुरा गरिसक्नु पर्ने योजना भए पनि १७ महिना ढिलो गरि भवनको शिलान्याश हुन लागेको हो ।
करिव १२ रोपनी जग्गामा निर्माण भएको भवन ७ तलाको छ । भवनमा २ तला बेसमेन्ट पार्किङ रहेको छ ।
परम्परागत डिजाइनमा बनाइएको भवनको माथिल्लो तलामा हल रहेको छ भने लिफ्ट समेत राखिनेछ ।
२७ करोड ४९ लाख ८९ हजार ३५ रुपैयाँ भवन निर्माणको बजेट विनियोजन गरिए पनि तुल्सीभक्त ड्रागन जेभिल २१ करोड ४५ लाख ५६ हजार ६१ रुपैयाँमा ठेक्का लिएर संयुक्त ठेक्कामा भवन निर्माण गरेका हुन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।