११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कास्कीमा एक हजार पाँच सय म्यादी प्रहरी आवश्यक, आवेदन खुला



काठमाडौं । चैत ६ गते
आजदेखि कास्कीमा म्यादी प्रहरी भर्नाका लागि आवेदन खुला गरिएको छ । आगामी स्थानीय तहको निर्वाचनका लागि कास्कीमा झन्डै एक हजार पाँच सय म्यादी प्रहरी आवश्यक पर्ने भएको छ ।जिल्ला प्रहरी कार्यालयले चुनावमा खटाउने गरी एक हजार चार सय ७१ म्यादी प्रहरी भर्ना गर्न लागेको छ । उसले भर्ती हुन चाहनेका लागि आइतबार सूचना जारी गरी आह्वान गरेको छ । आवेदन दिनेले आइतबारदेखि ११ चैतसम्म फारम बुझाइसक्नुपर्ने छ । म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको हुनुपर्छ । १८ देखि ५४ वर्ष उमेर पुगेकाले आवेदन दिन पाउँछन् ।

यही २२ चैतसम्म अन्तिम नतिजा निकाल्ने र प्रशिक्षण दिएर निर्वाचन हुने ठाउँमा खटाइने कास्की प्रहरीले जनाएके छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा पास भएका, विभिन्न सुरक्षा निकायमा काम गरि निवृत्तीभरण वा उपदान पाएका पूर्वसुरक्षाकर्मी तथा वन रक्षकहरू र विगतमा म्यादी भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने प्रहरी कार्यालयले जनाएको छ ।आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० वटा मतदानस्थल कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदान गर्ने ठाउँको टुंगो लगाएको हो । सोहीअनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको छ ।कार्यालयका अनुसार अघिल्लो स्थानीय चुनावकै आधारमा मतदानस्थल कायम गरिएको छ । पाँच स्थानीय तह रहेको कास्कीमा ७२ वडा छन् । नयाँ नामावलीअनुसार दुई लाख ८१ हजार नौ सय ४० मतदाता छन् । पूरा मतदातामध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष छन् । जिल्लाभर चारजना पारालैंगिक मतदाता छन् ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।