११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चिसापानी सामुदायिक वनमा भीषण डढेलो,नियन्त्रण गर्न कठिन



काठमाडौं । चैत ७ गते
शनिबार दिउँसोबाट लमजुङको मर्स्याङदी गाउँपालिका–६ बाहुनडाँडास्थित चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् । निरन्तर डढेलो लागेको र हावा चलेकाले नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताउनु भएको छ ।

उहाँले शनिबार लागेको आगो झनझन् बढ्दै गएको र आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन नसकिएको जानकारी दिनु भएको छ । मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो । वनमा एक्कासी डढेलो लागेपछि स्थानीय आइतबार आगो नियन्त्रणका लागि पुगेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।