काठमाडौं । चैत ९ गते
बेसीशहर नगरपालिका–७ स्थित मनास्लु मार्ग कालोपत्रे गरिएको छ । बेसीशहर नगरपालिकाको ६० प्रतिशत लगानी र स्थानीयको ४० प्रतिशत लगानीमा २ सय २ मिटर सडक कालोपत्रे भएको हो । मनास्लु मार्ग निर्माण उपभोक्ता उपभोक्ता समितिका अध्यक्ष गौबहादुर गुरुङका अनुसार बेसीशहर नगरपालिकाको ६ लाख रुपैयाँ र स्थानीयको ४ लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा सडक कालोपत्रे गरिएको हो । सडक बर्खामा हिलो र हिउँदमा धुलो हुँदा स्थानीयलाई आवातजावत गर्न समस्या थियो ।

धुलो हुँदा मुख छोपेर हिँड्नुपर्ने र हिलो हुँदा खाली खुट्टा नै हिँड्नुपर्ने बाध्यता थियो । अहिले सडक कालोपत्रे भएपछि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष रत्नकुमारी गुरुङले बताइन् । सडकको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले स्थानीय सरकार आएपछि नागरिकको जीवन परिवर्तन भएको बताए ।







प्रतिक्रिया