
१० चैत्र ०७८, काठमाडौं । आज बिहान गुल्मीको बडिगाड खोलामा एक युवकको शव फेला परेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षीय किरण गिरीको शव भेटिएको हो ।
बुधबार दिउँसो रमौदीस्थित बडिगाडखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका गिरीको शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले जानकारी दिएका छन् । त्यस्तै घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।







प्रतिक्रिया