११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रयाक्टरमा च्यापिएर एकजनाको मृत्यु



१० चैत्र ०७८, काठमाडौं । मकवानपुरको हेटौँडामा ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा गएराती ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रयाक्टर चालक मकवानपुरकै राक्सिराङ गाँउपालिका–८ का २८ वर्षीय सागर स्याङतान रहेका छन् ।

गएराती २ बजे हेटौडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर स्थानिय राप्तिखोलामा खसेको थियो । काठको पुल भाँचिएर ट्रयाक्टर खोलामा खस्दा चालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रयाक्टरमा सवार स्थानिय १६ वर्षीय बिशाल बल भने सकुशल रहेको ईलाका प्रहरी कार्यालय ज्यामिरेले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।