११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु




११ चैत्र ०७८, काठमाडौं । बिहीबार राति रौतहटमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् ।

उनको उपचारको क्रममा निजगढ समुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । गएराती पौने १ बजे नम्बर नखुलेको सवारी साधनले उनलाई ठक्कर दिई फरार भएको हो । दुर्घटना गराई फरार रहेको सवारी साधन र चालकको खोजिकार्य भैरहेकोे ईलाका प्रहरी कार्यालय चपुर रौतहटले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।