११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महिलामाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य बम पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

११ चैत्र ०७८, काठमाडौं । महिला कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए । सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।