२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पल शाहलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत जाने



११ चैत ०७८, काठमाडौं । नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनी पक्षले उच्च अदालतमा निवेदन दिने भएको छ।

केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायीहरुले बताएका छन् । पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन्।

सअघि बहसका क्रममा पनि उनीहरुले पीडितको उमेर, पीडितको जाहेरी र शारीरिक परीक्षण गर्दाका कुरा बाझिएको, घटनापछि पनि उनीहरु लामो समयसँगै रहनु जस्ता विषयले बलात्कार नभएको पुष्टि गर्ने जिकिर गरेका थिए।

पल शाहलाई फसाउन खोजेको अडियोबाट पनि सार्वजनिक भइसकेकाले शाहलाई थुनामै राखेर पुर्पक्षन गर्नुपर्ने अवस्था नरहेको उनी पक्षका कानुन व्यवसायीको जिकिर छ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।