
१२ चैत्र ०७८, काठमाडौं । पटक नेपालमा पहिलो टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही २५ चैतदेखि १८ बैशाखसम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । टाइफाइड तथा म्यादे ज्वरो ज्यानै जाने जोखिममा पार्न सक्ने संक्रामक रोग हो ।
ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ्य व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्छ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै जोखिम हुने गरेको छ । अबदेखि जन्मेको १५ महिनापछि दादुरा रुबेलासँगै टाइफाइडविरुद्धको खोप पनि लगाइने छ। सरकारले राष्टि«य खोप तालिकाअनुसार नियमित खोप कार्यक्रममा राखेको छ । टाइफाइड जस्ता पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउने, खाना खानुअघि र दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनुअघि, बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले मिचिमिच हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।







प्रतिक्रिया