१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने



१५ चैत ०७८, काठमाडौं । नेपाली सेनासहित सुरक्षाकर्मीको जनक शिक्षा सामग्री केन्द्रले निगरानीमा ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्ने भएको छ ।
निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो ।जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँने छ ।

नेपाली सेनासति १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुने र आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्ने बताए । त्यसका लागि सेनाको टोली आज आउँने र सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउने उनको भनाई छ । उनका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ । हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।