४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लागु औषधसहित एक युवक पक्राउ



१७ चैत काठमाडौं । सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का माधव नेपालकका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी नगरपालिका– ९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो।

उनको साथबाट लागु औषध निट्रोसन आर ८४ चक्की -ट्याब्लेट- बरामद गरेको प्रहरीको दाबी छ । पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहोको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।