४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाको तयारी



२० चैत ०७८, काठमाडौं । जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाको तयारी गरिएको छ । संविधान र बालबालिका सम्बन्धी ऐनले बालविवाह निषेध गरेकाले अभियानलाई सफल बनाउन गाउँपालिकाले पनि बालविवाहमुक्त घोषणा गर्न थालेको हो ।बालविवाहले नै समाजिक, आर्थिक लगायतका हिंसा निम्त्याएको भन्दै यसलाई रोक्ने हिमा गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ ।

उँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार बालविवाहसम्बन्धी सूचक तयार पारेर विद्यालय र वडा स्तरमा सचेतनाका कार्यक्रम सञ्चालनमा छन् ।कक्षा ८ देखि १० सम्मका किशोरकिशोरीले पनि बिवाह गरेको पाइयो । यसलाई रोक्न विद्यालयस्तरमा कक्षा दिन थालिएको छ उनले भने ।गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाका अनुसार केही दिन भित्र बालविवाहमुक्त घोषणा गरिनेछ ।

सात वटै वडाको तथ्यांक हेर्दा हेर्दा ८२.२ प्रतिशतले बालविवाह रोकिएकाले उनले बताइन् ।प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बालविवाहको क्षेत्रमा सूचक बनाएयर काम गर्ने यो पालिका भएको दाबी गरे । उनका अनुसार बालविवाहमुक्त गाउँ ९टोल० हुँदै वडा घोषणा गरिने छ । त्यसपछि पालिकालाई नै बालविवाहमुक्त घोषणा गरिनेछ ।जुम्ला जिल्लाका सरकारी वकिल रेनुका राईले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी रहेको बताइन् । बालविवाह गर्ने गराउनेलाई ३ वर्ष कैद र जरिवानाको व्यवस्था रहेको बताउँदै उनले त्यस्तो विवाह नै स्वतः रद्द हुने बताइन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।