३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महामारी मत्थर हुँदै गएपछि पर्यटक व्यावसाय चम्किदै, नेपाल भित्रिए ७९ हजार पर्यटक




२० चैत ०७८, काठमाडौं । कोरोना महामारी मत्थर हुँदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यायगमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको तीन महिना ९जनवरी, फेब्रुअरी र मार्च० मा नेपालमा कूल ७८ हजार ७४७ जना पर्यटक भित्रिएका छन् । सोही अवधिमा नेपाल आएका ६९ हजार ३२८ जना पर्यटक स्वदेश फर्केको विभागले जनाएको छ । यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने पर्यटकको मात्र हो ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा कूल १ लाख ४८ हजार ७५ जना पर्यटकले नेपालमा आवतजावत गरेको देखिन्छ । गत मार्च महिनामा मात्र नेपालमा ७६ हजार ४२ जना पर्यटक आवतजावत गरेका थिए । यीमध्ये ४२ हजार ६ जना नेपाल आएका थिए भने ३४ हजार ३६ जना नेपालबाट स्वदेश फर्केका थिए ।

विभागका अनुसार गएको जनवरीमा नेपालमा १६ हजार ९७५ जना पर्यटक भित्रिएका थिए । सोही समयमा १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका थिए । गत फेब्रुअरी महिनामा नेपालमा कूल ३७ हजार ७४ जना पर्यटक आवतजावत गरेका थिए । यीमध्ये नेपाल आउनेको संख्या १९ हजार ७६६ रहेको थियो भने नेपालबाट स्वदेश फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।