११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अर्घाखाँचीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुदै



२१ चैत ०७८, काठमाडौं । शुक्रबारदेखि जुअर्घाखाँचीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने अर्घाखाँचीमा टाइफाइड रोगविरुद्धको खोप अभियान आगामी शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ । खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् ।

१५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिइएको खोप अभियानका प्रमुख तथा जिल्ला समन्वय प्रमुख पिताम्वर भुसालले जानकारी दिए ।खोप अभियान अन्तर्गत अर्घाखाँचीमा ४ सय २३ खोप केन्द्र कायम गरिएको छ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने खोप अभियानका सदस्य सचिव रामप्रसाद गौतमले जानकारी दिए ।खोप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएको स्थानमा विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।