९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकाबिहानै शहरका गमला ढालेपछि …




मोहम्मद हबिब
१४ वैशाख ०७९, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर १२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पु¥याइएको छ ।
वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बोटबिरुवा र गमला थिए । तर, बुधबार बिहान सडकमा ढालिएको अवस्थामा फेला परेका हुन् ।
वडा मार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन् । ’२०७७ असारमा वडावासीलाई स्वच्छ र हराभरा वातावरणको अनुभूत गराउन वैकल्पिक गमला सडकपेटीमा राखेर व्यवस्थापन गरिएको थियो, विरुवा कसले ढाल्यो भन्ने खुलेको छैन,’ वडा अध्यक्ष करुन्जन श्रेष्ठले भने ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले रातिको समयमा विरुवा ढालिएको भन्ने खबर आएको बताए । सिसी क्यामराको फुटेज पनि हेरिने उनले बताए ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।