२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


म्हेपीमा साढे १२ लाख नगद र सुनका गरगहना चोरी



१४ वैशाख ०७९, काठमाडौं । काठमाडौं म्हेपीमा नगद र गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको छ।

काठमाडौं महानगरपालिका–१७ म्हेपीस्थित तीन तले घरमा मंगलबार साँझ चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएकी महिलाको डेरामा चोरी भएको हो।

१२ लाख ५० हजार रुपैयाँ र सुनका गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ । डेरामा कोही नभएको बेलामा चोरी भएको हो। घटनाको प्रहरी वृत्त स्रोहखुट्टे र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।