९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ



प्रतिकात्मक तस्बिर ©lalitpurkhabar.com by shyam phuyal

कल्पना बोहरा
१५ वैशाख ०७९, अछाम । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका–१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो ।
स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।
स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइछ । तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् ।
चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेको छ ।

उनीहरुको अवस्था गम्भीर छ ।तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात–खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
न्युज कारखाना

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।