१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका सडकमा पार्टीको झण्डा राखेर निर्वाचन आचारसंहिता उलङ्घन




१८ वैशाख ०७९, ललितपुर । ललितपुरको सुनाकोठी, ठेचो र चापागाँउ सडक किनारमा झण्डालगायतका प्रचार सामाग्री राखेर उम्मेदवारहरुले निर्वाचन आचार संहिता उलङ्घन गरेका छन् ।
यी सडकमा नेकपा माओवादी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीले झण्डा राखेका हुन् ।
२०७८ चैत्र ८ गते जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा ‘कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड,फलेक्स वा ग्लुसाइन बोर्ड राख्न वा श्रव्य सामाग्री बजाउन र श्रव्यदृश्य सामाग्रीहरु प्रर्दशन गर्न नहुने’ उल्येख छ ।
ठेचोका रविन महर्जनले रातको समयमा पार्टीका कार्यकर्ताहरु आएर झण्डा राखेको बताए । उनले भने, ‘यी सामाग्री रातको समयमा राखिएका हुन् । पहिले नेपाली काँग्रेसले राखेको थियो । पछि एमालेको पनि थपे ।’
ललितपुरकी जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले आचारसंहिता विपरित यसरी प्रचार सामाग्री राख्न नहुने बताइन् , भनिन्, ‘आचारसंहिता विपरितका यस्ता प्रचारसामाग्री तुरुन्त हटाउन आदेश दिन्छु ।’

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।