६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका मतदान केन्द्रमा तस्विर खिच्न निषेध



३० वैशाख ०७९, ललितपुर।  ललितपुरका मतदान केन्द्रमा फोटोपत्रकारहरूलाई तस्विर खिच्न निषेध गरिएको छ । ललितपुरको चापागाँउमा भेटिएका एक फोटोपत्रकारले वाणीविलास स्कुलमा रहेको मतदान केन्द्रमा तस्विर खिच्न रोकेको बताए । उनका अनुसार मतदान केन्द्रमा केही अगाडि गएर तस्वीर खिच्न पहिले अनुमती दिएको तर तस्विर खिच्न लाग्दा अपमानपुर्ण व्यावहार गर्दै बाहिर निकालेको थिए ।

जिल्ला निर्वाचन प्रमुख गिता धमालाले जिल्लामा संचार माध्यमहरूलाई तस्विर खिच्न निषेध गरिएको बताइन् । उनले भनिन् ,हामीले तालिम दिने बेलामै फोटो खिच्न नदिनु भनेका छौं ।फोटोपत्रकारले पनि तस्विर खिच्न मिल्दैन ।

ललितपुरकै केही मतदान केन्द्रमा भने उम्मेदवारले भोट खसाल्दै गरेको तस्विर खिच्न भने दिइएको छ । लेलेमा भेटिएकी एक पत्रकारले ठूला नेताको मात्रै तस्विर खिच्न दिएको तर सर्वसाधारणको खिच्न निषेध गरेर निर्वाचन आयोगले पक्षपात गरेको आरोप लगाइन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।