२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा चिरिबाबुलाई हरिकृष्णभन्दा झन्डै ३ गुना बढी मत



२ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जन ४४७३ मतसाथ अगाडि छन्।

उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ मतसाथ पछ्याइरहेका छन्। चिरिबाबुले एमालेका हरिकृष्णको भन्दा करिब ३ गुणा बढी मत ल्याएका छन्।

उता उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराम वज्राचार्य पछाडि परेका छन्। उनले पछिल्लो नतिजामा १४६४ मत पाएका छन्।

एमालेकी उपमेयर उम्मेदवार मञ्जली शाक्य वज्राचार्यले २००५ मतसाथ अग्रता बनाइरहेकी छन्। ललितपुरमा कांग्रेसबाट उपमेयर उम्मेदवार नभए पनि रुखमा अहिलेसम्म ११५१ मत खसेको छ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।