२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरमा ५ दिनमा २५ हजार मात्र मतगणना



४ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना यतिखेर जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ।  मतगणना ढिलाइ हुँदा मतदाता हैरान छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत शनिबारदेखि आजसम्म अर्थात ५ दिनमा २५ हजार २ सय ६२ मत मात्र गणना सकिएकाे छ। महानगरपालिकामा २९ वटा वडा छन्। जसमा १ लाख २२ हजार ८ सय मतदाता रहेकोमा ७२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको अनुमान छ।

मतगणना ढिलाइ हुँदा मतदाता आफूले भोट दिएका जनप्रतिनिधि जित हासिल गर्छन् वा गर्दैनन् भन्दै कुर्न बाध्य छन्। निर्वाचन आयोगले समेत छिटो मतगणना सक्न सबै स्थानीय तहलाई निर्देशन दिइरहेकाे छ। तर गणना सुस्त गतिमै छ।

अहिले वडा ९, १०, ११, र १२ वडाको गणना भइरहेको छ। अहिलेसम्म गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।

महर्जनले १३ हजार ६ सय ४६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत  मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ७ हजार २ सय ७८ मत प्राप्त गरेकी छिन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबुराज बज्राचार्य ५ हजार ४ सय ७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।