८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा बृद्ध भत्ता नलिने घोषणा




न्युज कारखाना
१५ जेठ ०७९, काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ६८ वर्ष पुग्न लागेको भन्दै उनले आफूले वृद्ध भत्ता नलिने घोषणा गरेका छन् ।
उनले सरकारले बजेटमार्फत वृद्धभत्ताका लागि उमेरहद घटाएको भन्दै असहमति जनाएका छन् ।
आइतबार आगामी आर्थिक वर्षका लागि संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्नेमा त्यसो हुन नसकेको बताए ।
’म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहान्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,’ भट्टराईले भने ।
बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु नआएको उनको भनाइ थियो ।
सरकारले ७० वर्षे उमेरहदलाई घटाएर ६८ वर्षमा वृद्धभत्ता दिने व्यवस्था गरेको जनाएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।