८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विमान दुर्घटना : एकै परिवारका सात जनाको मृत्यु



१६ जेठ ०७९, काठमाडौं  । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु भएको हो ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत् सो नगरपालिकाको वडा नम्बर ११ स्थित लोटाका गोले परिवारका सात जनाको विमान दूर्घटनामा मृत्यु भएको जानकारी दिएका छन् ।

मेयर महतोका अनुसार दूर्घटनाग्रस्त विमानमा लोटाका राजन कुमार गोले, उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए ।

उनीहरु मुक्तिनाथ दर्शनका लागि पोखराबाट विमानमा जोमसोम जाँदै गर्दा विमान दुर्घटना भएको हो ।

यस्तै, गोरखाको एकै परिवारका चार जनाको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ एकै परिवारका हुन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।