६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा एसले पठायो नयाँ मन्त्रीको नाम, हेर्नुहोस् को–को बने नयाँ मन्त्री



२२ जेठ ०७९,काठमाडौं । नेकपा एकीकृत समाजवादीले भएका मन्त्रीलाई फिर्ता बोलनउने भएको छ । पार्टीको सचिवालयले आएइतवार बसेको बैठकले यसअघि भएका ५ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

पार्टीले नयाँ मन्त्रीको नमा समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्रीलाई बुझाएको बताए ।

पौडेलका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ मन्त्री थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।