२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इम्बोस्ड नम्बर शुल्कमा पुनर्विचार गर्न सरकारसँग गगन थापाको माग



२३ जेठ ०७९, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले इम्बोस्ड नम्बर प्लेटको शुल्कमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् । असार भित्र सवारी साधनमा अनिवार्य जडान गर्ने भनेर नागरिकलाई सास्ती मात्रै दिन खोजिएको आरोप उनले लगाए ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकारले जबरजस्तीको बाटो लिएर नागरिकलाई सास्ती दिन खोजेको आरोप लगाए ।

थापाले भने ‘यो व्यवस्थाका विरुद्ध नागरिकहरुले विरोध जनाइरहेका छन्, यातायात मन्त्रालयले इम्बोस्ड नम्बरको बिषय सजिलो तर, गलत बाटो अपनाएको छ त्यो हो दण्ड जरिवानाको ।’

जुन कार्यालयले राम्ररी काम गरेन त्यो कार्यालयमा ताकेता गर्ने हो कि जनतालाई तर्साउने हो भन्दै प्रश्न समेत उनले गरे । नागरिकलाई सास्ती हुनेगरी जबरजस्ती सरकारले इमबोस्ड नम्बर लागू गर्न खोजेको उनको भनाइ छ।

‘सरकारले भनेको समयमा काम गर्न नसक्दा यसको दुःख नागरिकले पाउन मिल्छरु यति महँगो प्लेट प्रभावकारी समेत देखिएको छैन। खाल्डाखुल्डीमा सवारी चल्दासमेत फुत्त खस्नेजस्तो प्लेट छ। पाँचगुना, छ गुना बढी पैसा लिएर १ गतेभित्र गर नत्र देखाइदिन्छु भनेर धम्की दिन मिल्दैन’ संसदमा गगन थापाले भने ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।