११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पत्रकार किशोर नेपाललाई कारबाहीको माग गर्दै उजुरी दर्ता




२३ जेठ ०७९,  काठमाडौं । पत्रकार किशोर नेपाल र उकेरा डटकमलाई कारबाहीको मागसहित प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघमा उजुरी परेको छ ।
बाराका विनय यादवले गत शनिबार (२१ जेठ)मा उकेरा डटकममा किशोर नेपालको बाइलाइनमा ‘बालेन साहेबको दौडधुप’ शिर्षकमा प्रकाशित लेख हिन्दु धर्मावलम्बीहरूको आराध्य देव श्री कृष्ण र सम्पुर्ण यदवंशी समाज अर्थात यादव’ समाजको अपमान गरिएको भन्दै उनीहरुलाई कारबाहीको माग राखेर काउन्सिल र महासंघमा उजुरी दर्ता गराएका हुन् ।
सोमबार दर्ता भएको उजुरीमा पत्रकार नेपाल यसअघि समेत काठमाडौंको मेयर बालेन्द्र साहलाई विभिन्न अन्तर्वार्तामा जातीसुचक शब्द प्रयोग अपमान गरेको उल्लेख गरिएको छ ।
‘पत्रकार नेपाल र उकेरालाई पत्रकारिताको न्युनतम मर्यादासमेत नराख्दै विभिन्न जातजातीलाई होच्याउने कार्य गरेकोले यथासक्य शीघ्र कारवाही गर्न आग्रह गर्दछु,’ यादवले आफ्नो उजुरीमा उल्लेख गरेका छन् । न्युज कारखाना

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।