८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मनसुनको असर, यी क्षेत्रमा वर्षाको सम्भावना




२४ जेठ ०७९, काठमाडौं । सुरुवातीमा मनसुन पूर्वी नेपालमा केन्द्रित बनेको छ । आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि पूर्वी नेपालमा वर्षा भइरहेको छ । यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र मधेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।
महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। न्युज कारखाना

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।