८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


असारदेखि भदौसम्म सडक भत्काउन प्रतिबन्ध




२५ जेठ ०७९, काठमाडौं । सरकारले बर्खामा नयाँ सडक खन्न रोक लगाएको छ । सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भनेको हो ।
‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएको असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’सूचनामा भनिएको छ ।
कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।