२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पुँजी बजारमा देखिएका समस्या समाधान गर्न समिति गठन



२५ जेठ ०७९, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी दिएका छन् ।

नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवमा शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको जानकारी दिएका हुन् ।

उनले पुँजीबजारमा संलग्न रहेका लगानीकर्ता र कम्पनीहरुको समस्यालाई सरकारले अनुगमनसमेत गरिरहेको बताए ।

पुँजीबजारलाई अन्तराष्ट्रिय स्तरको आधुनिक प्रविधिमैत्री बनाउन आवश्यकता रहेको शर्माको भनाइ थियो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने बताए ।

उनले चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत लागू हुने जानकारी दिए ।

हमालले बैंकहरु मर्जर हुँदा लामो समयसम्म लगानीकर्ताको शेयर बन्दक हुने समस्याको लागि सम्बन्धित निकायहरुबीच छलफल भइरहेको समेत बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।