८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जान थाल्यो पहिरो,नारायणगढ मुग्लिन सडक अवरुद्ध




२६ जेठ ०७९, चितवन । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिराकै कारण मुग्लिन नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना ४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।