११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेस पहिलो पार्टी (प्रतिवेदनसहित)



२६ जेठ ०७९, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गरेको छ । नेपाली कांग्रेसले बिहीबार एक प्रतिबेदन सार्वजनिक गर्दै स्थानीय तह निर्वाचनमा आफू पहिलो पार्टी बनेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कासमक्ष उपसमितिले निर्वाचन तथा यसको परिणामबारे विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।