८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आँबुखैरेनी सडक पहिरोमा मृत्यु भएकामध्ये एक जनाको पहिचान खुल्यो




२७ जेठ ०७९, काठमाडौं । पृथ्वी राजमार्ग तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका २ शवमध्ये एउटाको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आँबुखैरेनी गाउँपालिका–४ ड्यामसाइडमा कारसँगै गोरखाका केशव घिमिरेको शव भेटिएको हो ।
गोरखाको सिरानचोक गाउँपालिका छोप्राक स्थायी घर भई हाल आँबुखैरेनी गाउँपालिका २ मा बस्दै आएका ३५ वर्षीय घिमिरेको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको थियो । एउटा शवको भने पहिचान भएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।