८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बर्थडे मनाउन आएका युवा चोरी गरेर भाग्न खोज्दा लडेर मृत्यु




मोहम्मद हबिब
२८ जेठ ०७९, भैरहवा । भैरहवामा रहेको होटेल सी प्रिन्ट बाहिर शनिबार मृत अवस्थामा फेला परेका युवा बर्थडे मनाउन आएका थिए । सिद्धार्थनगर–३ स्थित उक्त होटेल बाहिर भुईँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग वर्थ डामे मनोरञ्जन गर्न आएका थिए । शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

भैरहवा बसपार्क नजिकै रहेको होटेलमा शुक्रबार राति सात जनाको समूहमा युवा बस्न आएका थिए । तीमध्ये यादवको मृत्यु भएको हो । समूहका चार जनालाई घटना पश्चात् र घटना घटेपछि भागेका एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा सिद्धार्थनगर १२ बैककलोनी बस्ने वर्ष १८ वर्षीय आशिष् गैरे, सिद्धार्थनगर ८ बस्ने सैफ अलि, सियारी ७ बस्ने द्वय २० वर्षीय अजय यादव र २२ वर्षीय रामजी यादव रहेका छन् । ओमसतिया ४ का २० वर्षीय सुरज बानिया फरार रहेकोमा प्रहरीले दिउँसो पक्राउ गरेको छ ।

अर्का फरार ओमसतिया ४ बालापुरका जितेन्द्र सहानीको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका युवाहरिसँग सोधपुछ भइरहेको छ । मृतक यादवको पोस्टमार्टम भएर शव परिवारले बुझेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

होटेल सञ्चालकका अनुसार शुक्रबार ७ जनाको समूह जन्मदिन मनाउने भन्दै होटेल आएका थिए । सोही समूह मध्येकै युवाहरूले बिहान अन्दाजी ३–४ बजे तिर काउन्टर तोडेर चोरी गर्न खोजेका थिए । तोडेको आवाज आएपछि उनीहरू मध्ये जना भाग्न सफल भएका र पाँच जना होटेलमै रहेको प्रहरीले जनाएको छ । ती मध्ये एक जनाको तेस्रो तल्लाबाट चोरी गरेर भाग्ने क्रममा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
न्युज कारखाना

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।